बढ्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य उकालो लागेको छ । यता चाँदीको मूल्य ओरालो लागेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजार ५५० र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ कायम भएको छ ।बिहीबार एक लाख ९ हजार ५ सयमा छापावाल सुन, एक लाख ९ हजार रुपैयाँमा तेजाबी सुन र १३ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्