राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण-ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन –आइक्याप ले आयोजना गरेको स्थायी समितिको चौधौँ बैठक र एसिया—युरोप राजनीतिक मञ्चको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभई दीर्घकालिक राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताए ।

कुनै पनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने ओलीको भनाइ रहेको छ ।

ओलीले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवर्द्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्