जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने लागेको हो । बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरणसम्बन्धी तीन महिने अभियानबारे समेत समीक्षा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्