नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने



ड्राइभिङ लाइसेन्स

काठमाडौँ । ट्राफिक चेकिङ हुँदा अब सवारी चालकले मोबाइलमा नागरिक एपमार्फत सवारी चालक अनुमति पत्र (लाइन्सेन्स) देखाए पनि हुने भएको छ ।  नागरिक एपले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मोबाइलमा देदाए पनि हुने बताएको हो ।

ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा भने सवारी चालकले सक्कल लाइसेन्स नै देखाउनुपर्ने हुन्छ। सो अवस्थामा नागरिक एपमार्फत नै लाइसेन्स देखाएकै भरमा ट्राफिकले मान्ने छैनन्।‘नेपाली नागरिकले ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको ब्यहोरा जानकारी गराउँदछौ,’ सूचनामा भनिएको छ।

सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘नागरिक एप’ २०७७ माघमा सार्वजनिक गरेको थियो। नागरिक एपमा नागरिकता, सवारी चालक अनुमति पत्र, राहदानी लिङ्क गर्न सकिन्छ। साथै, केही मिनेटमै कार्यालय नै नगई प्यान नम्बर समेत एपबाटै लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्