नेपाली बजारमा आज पनि घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बुधवार पनि ओरालो लागेको छ । मङ्गलवार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले ओरालो लागेको हो । मङ्गलवार पनि सुनको मूल्य पाँच सय रुपैयाँले घटेको थियो ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख १५ हजार रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३८५ रुपैयाँ मूल्य कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्