चीनले भूकम्प प्रभावितहरूका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने



chaina

काठमाडौँ । चीनले जाजरकोट भूकम्प प्रभावितहरूका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले  भूकम्पपछिको पहिलो चरणको सहयोगका रूपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपत्कालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्