भूकम्पबाट २१३ वटा विद्यालयका भवनमा क्षति 



जाजरकोट भूकम्प

काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति भएको छ । ९१ वटा विद्यालय भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रूपमा क्षति पुगेको छ ।

यस्तै ३६६ वटा कक्षाकोठाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने ४७६ वटा कक्षा कोठाहरूमा आंशिक रूपमा क्षति भएको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरू, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।

यस्तै ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको प्रहरीको तथ्याङ्क छ । प्राप्त विवरण अनुसार भूकम्पमा परी एक जना शिक्षक, ११ जना विद्यार्थीको मृत्यु भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्