घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । कात्तिक २२ गते, बुधवार सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो। चाँदीको भाउ पनि लगातार दोस्रो दिन घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँमा झरेको छ ।

मङ्गलवार पनि सुनको भाउ ओरालो लागेको थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले घट्दा प्रतितोला एक लाख १५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो तीन दिनमा सुन तोलामा एक हजार २०० रुपैयाँले गिरावट भएको छ ।बुधवार चाँदीको मूल्य घटेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदीको मूल्य घटेको थियो । हिजो चाँदी तोलामा १० रुपैयाँले सस्तिएर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो । दुई दिनमा सुन तोलामा ३० रुपैयाँले गिरावट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्