नक्कली शरणार्थी प्रकरण : ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथिको  सुनुवाइ स्थगित



High-Court-Patan

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ ।जिल्ला अदालत काठमाडौँले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरू त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए ।

धरौटीमा छुटेकाहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ । न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा मुद्दाको पेशी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्