नेकपा एमालेको विशेष बैठक बस्दै, मङ्सिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुने



नेकपा एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विशेष बैठक आज शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा  बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू उपस्थिति हुने जनाइएको छ । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मङ्सिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुने जनाइएको छ ।

युवा सङ्घले आगामी मङ्सिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दै छ । सोही दिन मेडिकल व्यवसाय दुर्गा प्रसाईँले पनि काठमाडौँ कार्यक्रमको आयोजना गरेका छन् । एमालेले प्रसाईँको कार्यक्रमलाई काउन्टर दिनका लागि सोही दिन कार्यक्रम जुधाएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्