सभापति लामिछाने र मलेसियास्थित नेपाली राजदूत पौडेलबिच भेटवार्ता



रवि लामिछाने

काठमाडौँ । मलेसियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता भएको छ । लामिछाने र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी राजदूतसँग भेट गरेका हुन् ।

भेटमा उनीहरूबिच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूतावासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

छलफलमा सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पिर मर्का र समस्यामा गम्भीर भएर सम्भव भएसम्म छिटो समाधान दिन अनुरोध गरेका थिए ।

राजदूत पौडेलले सीमित स्रोत९साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्