पक्राउ पुर्जी जारी भएसँगै विप्लवद्वारा देशव्यापी जनप्रदर्शन गर्ने घोषणा



विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलनको घोषणा गरेको छ । मङ्गलवार महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी गरिनु गैर कानुनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका हुन् ।

सरकारसँग भएको सम्झौता विपरीत पक्राउ पुर्जी जारी गरेको भन्दै उनले आन्दोलन घोषणा गरेको बताए । आन्दोलन अनुसार आज मसाल जुलुस प्रदर्शन गर्ने, भोलि न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

विज्ञप्तिमा काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मङ्सिर १८ गते महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा गायतका नाममा पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ । जिल्ला अदालत काठमाडौँले विप्लवसहित सो पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामा तथा राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्