संसद् सचिवालयका कर्मचारीमाथि सहकर्मीले गरे हातपात



काठमाडौँ । सङ्घीय संसद् सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् । मङ्गलवार सङ्घीय संसद् सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको सचिवालयले जनाएको छ । उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको खुल्नमा आएको हो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको बताएका छन् । यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्