कोशीका मुख्यमन्त्री कार्कीमाथि ढुङ्गा प्रहार



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । मंगलबार झापाको दमकमा कार्की सवार गाडीमा पहिचानवादीहरुले ढुंगा प्रहार गरेका हुन् ।

मंगलवार दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधसम्बन्धी कार्यक्रम सहभागी हुन गएका मुख्यमन्त्री कार्कीका विरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको जनाइएको छ ।

एक दर्जनको सङ्ख्यामा रहेका पहिचानवादीहरूले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेका छन् । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलावल्लभ घिमिरेले अहिले अवस्था सामान्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्