बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्चको आदेश



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मङ्सिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबिच राय बाझिएपछि आज बिहीबार तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको थियो । यसअघि नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई भने पुर्पक्षका लागि थुनामै राख्ने आदेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस्