राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता



काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन हिजो सम्ममा १२ दलले निवेदन दिएको आयोगले जनाएको छ ।

जसमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा राजमो, नेपाल मजदुर किसान पार्टी नेमकिपा छन् ।

आयोगका अनुसार मङ्सिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्