एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट बस्ने भएको छ । मङ्सिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो ।

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको साङ्गठनिक अवस्था, जन वर्गीय सङ्गठनको कार्यप्रतिको समीक्षा गरिने जनाइएको छ । बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्