एन्फाको सीईओमा इन्द्रमान तुलाधर



काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको प्रमुख कार्यकारी अधिकृत सीईओमा इन्द्रमान तुलाधर नियुक्त भएका छन् ।आज सोमबार बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव तुलाधरलाई सीईओ नियुक्त गरेको हो ।

२०६३ सालदेखि लगातार एन्फामा कुनै न कुनै भूमिकामा रहेका तुलाधर २०७९ असारमा भएको निर्वाचनमा कर्मा छिरिङको प्यानलमा थिए । तर कर्मा छिरिङ अध्यक्षमा पङ्कज विक्रम नेम्वाङसँग पराजित भएपछि तुलाधरको एन्फाबाट बहिर्गमन भएको थियो । गत शनिबार एन्फा महासचिव किरण राईसँग संयुक्त पत्रकार सम्मेलन गर्दै तुलाधरले आफूले एन्फाको वर्तमान नेतृत्वलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्