त्रिभुवन विश्वविद्यालयको नाममा एकैपल्ट धेरै विद्यार्थी दीक्षित गरेको विश्व कीर्तिमान



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान बनाएको छ । आज सोमबार दशरथ रङ्गशालामा आयोजित त्रिविको ४९औँ दीक्षान्त समारोहमा १२ हजार ४१५ विद्यार्थी दीक्षित भएका जनाइएको छ ।

विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रूपमा उपस्थित सबैभन्दा धेरै सङ्ख्या भएपछि कीर्तिमान कायम भएको छ । अफिसियल वर्ल्ड रेकर्ड एशोसिएशन (ओडब्ल्यूआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

प्रतिक्रिया दिनुहोस्