सन्दीपको उत्कृष्ट बलिङमा पर्साको रोमाञ्चक जित



काठमाडौँ । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा पर्सा क्लब–११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपमा उत्तर प्रदेश क्लब ११ माथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ ।

जितको लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको पर्साले १६.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । पर्साको जितमा अनिल कुमार शाहले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १८ रन बनाए ।पवन सरार्फ डक र सन्दीप लामिछाने १२ रन बनाए । उत्तरप्रदेशका भिम शर्मा, ठाकुर कुमार र वाशि अन्सारीले समान दुई विकेट लिए ।

त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड वीरगन्जमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको उत्तर प्रदेश ११ ले १६ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो । उत्तर प्रदेशको लागि ठाकुर र जयदेव सिंहले समान १२ रन बनाए । समीर अन्सारीले २२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २४ रन बनाए ।

पर्साका सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फ, रन्जित कुमार र रुपेश सिंहले समान दुई विकेट लिए । प्रतियोगितामा तीन विभागीयसहित पर्सा, उत्तर प्रदेश वोन्डेर्स क्लब नोयडा छन् ।

प्रतिक्रिया दिनुहोस्