जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न भएको छ। पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेका लागि बैठक बोलाइएको हो ।

पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।त्यसै गरी आगामी पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्