ठूला स्टारको फिल्म‘ठग्स अफ हिन्दोस्तान’को हालत दयनीय



काठमाडौँ:  अमिताभ बच्चन, आमिर खान, कटरीना कैफ लगायत ठूला स्टारबाट सजिएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को हालत बक्सअफिसमा दयनीय बन्दै गएको छ ।

रिलिज हुनुअघि ठूलो कमाई गर्ने अनुमान गरिएको ‘ठग्स अफ हिन्दोस्तान’ को कमाई रिलिजको ९ औं दिनसम्म आइपुग्दा दयनीय बनेको हो । रिलिजको पहिलो दिन ५० करोड भारूको कीर्तिमानी कमाई गरेको सिनेमाले ९ औं दिनमा १ करोड २५ लाख भारू मात्र कमाई गरेको छ ।

विजय किरण आचार्य निर्देशित सिनेमाले भारतीय वक्सअफिसमा ९ दिनमा १ सय ४१ करोड भारू मात्र कमाउन सकेको छ । ३ सय करोड भारूको लागतमा निर्माण भएको सिनेमाको यस्तो कमाइले सिनेमा फ्लपको सूचीमा परिसकेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सिनेमाले दर्शक तथा समीक्षक दुबैबाट आलोचना मात्र खेपेको छ । भव्य सेट, चलेका कलाकार भए पनि फिल्म खोक्रो रहेको दर्शक र समीक्षकले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्