ट्रम्पले राष्ट्रपतिको चुनाव लड्न पाउने वा नपाउने निर्णय फेब्रुअरी ८ मा हुने 



काठमाडौँ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव लड्न पाउने वा नपाउने भन्ने निर्णय फेब्रुअरी ८ मा हुनेछ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको अपिलमा सुनुवाइ गर्न राजी भएको छ । सर्वोच्च अदालतले फेब्रुअरी ८ मा तर्कसहित मुद्दाको सुनुवाइ गर्ने र कोलोराडो अदालतको निर्णयको समीक्षा गर्ने बताइएको छ। डोनाल्ड ट्रम्पले हालै कोलोराडो अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए ।

दायर गरिएको अपीलमा ट्रम्पले कोलोराडो अदालतको निर्णयलाई उल्टाउन अनुरोध गरेका छन्, जसमा उनलाई राष्ट्रपति चुनाव लड्न अयोग्य ठहराइएको थियो। कोलोराडो अदालतले अमेरिकी संविधानको १४ औं संशोधन अन्तर्गत ट्रम्पलाई अयोग्य ठहर गरेको थियो । कोलोराडो अदालतले क्यापिटल हिल हिंसा मुद्दाको सुनुवाईको क्रममा यो निर्णय दिएको हो। कोलोराडो अदालतले उनलाई ४–३ को फैसला दिँदै अयोग्य घोषित गरेको थियो ।

अदालतले आफ्नो आदेशमा ट्रम्पले अर्को वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भाग लिन नपाउने भनेको छ । अमेरिकाको इतिहासमा राष्ट्रपति पदका उम्मेदवारलाई यस धारा अन्तर्गत राष्ट्रपति चुनाव लड्न अयोग्य घोषित गरिएको यो पहिलो पटक हो। यो वर्ष अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदै छ र त्यसअघि डोनाल्ड ट्रम्प कानुनी लडाई लडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्