बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि मुक्का प्रहार



काठमाडौँ । बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ।  ‘नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बिहीबार बाग्लुङ पुगेका प्रसाईँमाथि मुक्का प्रहार भएको हो ।

प्रसाईँमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई  पक्राउ गरेको छ ।  गौतमले किन आक्रमण गरे भन्ने खुलेको छैन । प्रहरीले सो विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्