रियल कोपा डेल रे बाट बाहिरियो



काठमाडौँ । रियल म्याड्रिड कोप डेल रे बाट बाहिरिएको छ । गएराति एटलेटिको म्याड्रिड सँग ४-२ ले पराजित गर्दै रियल प्रि क्वाटरफाइनलबाट बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेलमा २९२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेटमा एटलेटिको जित निकालेको हो ।

निर्धारित समयमा दुई पटक खेलमा पछि परे पनि अन्त्य तिर बराबरी फर्काए पनि थप समयमा भने रियलको केहि लागेन । एटलेटिकोका सामुएल लिनो, अल्भारो मोराटा, एन्टोनी ग्रिजमन र रोड्रिगो रिक्वेल्मीले समान १ गोल गरे । रियलका लागि जोसेलुले एक गोल गरे भने एटलेटिकोका जान ओब्लाकले आत्मघाती गोल भएको थियो।

लिनोले ३९ औँ मिनेटमा गोल गरेपनि पहिलो हाफको इन्ज्युरी समयमा ओल्बाको आत्मघाती गोलमा रियल खेलमा फर्कियो। ५७ औँ मिनेटमा मोराटाले गोल गरेपछि एटलेटिकोले पुनः अग्रता बनायो ।

खेल सकिन ८ मिनेट बाँकी हुँदा जोसेलुले गोल गरेपछि खेल थप समयमा पुगेको थियो। त्यसपछि ग्रिजमनले १००औँ र रिक्वेल्मी ११९ औँ मिनेटमा गोल गर्दै एटलेटिकोलाई जित दिलाए।

योसँगै कोपा डेल रे को क्वाटरफाइनल समिकरण पूरा भएकोमा छ । एटलेटिकोसँगै बार्सिलोना, एथलेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, रियल सोसियडाड र सेभिया अन्तिम आठमा पुगेका छन्।  क्वार्टरफाइनलको ड्र शुक्रबार हुनेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्