राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन मधेसमा दीपोत्सव 



काठमाडौँ । छिमेकी राष्ट्रमा भारतमा राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन मधेसका केही पालिकाहरूमा दीपोत्सव मनाइने भएको छ । सो पालिकाहरूमा दीपोत्सव मनाइनुको साथै मदिरा र माछा मासु बिक्री गर्न नपाइने भएको छ।

सामोबार माघ ८ गते भारतको अयोद्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको पनि कार्यक्रम रहेको छ । सो सुखद अवसरमा जनकपुरधाम उपमहानगरपालिका, वीरगन्ज महानगरपालिका, जलेश्वर नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाले सूचना प्रकाशित गर्दै नगरमा दीपावली मनाउन आग्रह गरेका छन् । त्यसै गरी सोही दिन नगर भित्र मदिरा र माछा मासु बिक्री नगर्न समेत आग्रह गरिएको छ।

No description available.

प्राण प्रतिष्ठाको दिन आज मा मधेस प्रदेशमा बिदा दिन माग गरिएको छ । जानकी मन्दिरका छोटा महन्त रामरोषण दासले मुख्यमन्त्री सरोजकुमार यादवलाई बिदाको मागसहित ज्ञापन पत्र बुझाएका छन् ।

No description available.

सूचनामा राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन नगरभरि नै आफ्नो घर, पसलका दिप प्रज्वलन गर्दै दीपावली मनाउन तथा मदिरा र माछा मासु बिक्री वितरण गर्न रोक लगाएको उल्लेख गरिएको छ।

त्यसै गरी माघ ८ गते वीर गन्जको घडीअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम समेत तय भएको छ।

वर्षौंको विवाद पछी भारतीय न्यायालयद्वारा सम्पादित निर्णय अनुसार अयोध्याधाममा भगवान श्रीरामको जन्मभूमि विवाद मुक्त भई भव्य र विशाल श्रीराम मन्दिर निर्माण पश्चात् श्रीराम मन्दिरको समुद्घाटन तथा श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले संसारकै हिन्दु धर्मावलम्बीहरूमा गौरव तथा हर्षोल्लास छाएको छ ।

प्रतिक्रिया दिनुहोस्