बोक्सी भन्दै हत्या गरेर फरार रहेको दुई जान पक्राउ



काठमाडौँ । बोक्सी आरोप लगाउँदै हत्या गरेर फरार रहेको दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।  उपत्यका अपराध अनुसन्धान कार्यालय वानेश्वरले काभ्रेका ४४ वर्षीय टङ्कबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको हो ।

२९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर उनीहरूले हत्या गरेका थिए । हत्यापछि फरार रहेका उनीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको छ ।  प्रहरीले १५ वर्ष पुरानो यो मामलामा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्