इजरायली सेनाले गाजा विश्वविद्यालय पल भरमै ध्वस्त पारे 



काठमाडौँ । इजरायल र हमासबीच सुरु भएको युद्धको तीन महिनाभन्दा बढी समय बितिसकेको छ तर आज पनि यो युद्ध जारी छ । इजरायली सेनाले लगातार गाजामा आक्रमण गर्दै हमासको स्थान ध्वस्त गरिरहेको छ। यस अवधिमा गाजामा बसोबास गर्ने आम मानिस पनि आक्रमणको सिकार भइरहेका छन् । इजरायलले प्यालेस्टिनीहरूको गाजा विश्वविद्यालयलाई निशाना बनाएको खबर आइरहेको छ ।

इजरायली सेनाले गाजा विश्वविद्यालयमा बम विस्फोट गरेको आरोप छ। सेनाले हवाई आक्रमणमा विश्वविद्यालय ध्वस्त पारेको छ । यो आक्रमणको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकाले इजरायलसँग आक्रमणबारे स्पष्टीकरण मागेको छ

आक्रमणको भिडियो भाइरल भएपछि अमेरिकाले यस विषयमा इजरायलसँग स्पष्टीकरण मागेको छ । भिडियोमा विस्फोट हुनुअघि विश्वविद्यालयको भवन देखिन्छ । यसपछि, अचानक विश्वविद्यालयमा भयानक विस्फोट हुन्छ, जसको धुवाँ धेरै उचाइमा देखिन्छ। यता, विष्फोटका कारण आसपासका मानिसहरू त्रासमा छन् । एक छिनमा विश्वविद्यालय ध्वस्त भयो। यद्यपि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता डेभिड मिलरले अहिले यस विषयमा धेरै जानकारी नभएकाले धेरै कुरा भन्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्