पाल्पामा मोटरसाइकल दुर्घटनामा परि जनाको मृत्यु



काठमाडौँ । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  जिल्लाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जी.टी.रहेको  प्रहरीले जनाएको छ ।पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे काली गण्डकी करिडोरमा दुर्घटना भएको थियो ।

मोटरसाइकल काली गण्डकी नदी किनारमा खसेको छ । मोटरसाइकल चालक जी।टी।को दुर्घटना स्थलमै मृत्यु भएको थियो । उनको शवलाई रामपुर अस्पताल पाल्पा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्