सहकारीको अनुगमन गर्न राष्ट्र बैङ्कलाई ‘फिल्ड’ जानु आवश्यक



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् सांसद डा.स्वर्णिम वाग्लेले ठुला सहकारी नियमन गर्न राष्ट्र बैङ्कलाई ‘फिल्ड’ जानुपर्ने बताएका छन् । सहकारी नियमन गर्न तत्काल दोस्रो तहको नियामक निकाय स्थापना गर्नुपर्ने र नियमन निकाय स्थापना नहुन्जेल ३ वर्षसम्म ५० करोड वा १ अर्बभन्दा माथिको कारोबार गर्ने सहकारी अनुगमन गर्न खटाउनुपर्ने वाग्लेको भनाइ रहेको छ ।

रास्वपाले काठमाडौँमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले १ अर्बभन्दा बढीको कारोबार गर्ने सहकारीको राष्ट्र बैङ्कको विशेष टोली खटाएर एउटा प्रतिवेदन पेस गर्नुपर्ने बताए ।

उनले भने, ‘दोस्रो तहको नियामक नआउन्जेल ३ वर्षसम्म १ अर्ब माथिको सहकारी राष्ट्र बैङ्कले हेर्नुपर्छ । राष्ट्र बैङ्क पनि सरकारकै अङ्ग हो । ऋण असुली न्यायाधिकरण बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया तत्काल अगाडि बढाउनुपर्छ । २०७४ कै ऐनले यसको व्यवस्था गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्