एमालेले सरकारलाई बुझायो ७५१ बुँदे माग पत्र 



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई ७५१ बुँदे माग पत्र बुझाएको छ । गत मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको सङ्कल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यी सुझावहरू जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य रहेको बताए ।

ध्यानाकर्षण पत्रमा मध्य पहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरू उल्लेख छन् । यी विषय कार्यान्वयनको पहलका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्