म्यानमार सेनाको जहाज भारतमा दुर्घटना, ६ जना घाइते



काठमाडौँ । म्यानमार सेनाको एक जहाज (एयरक्राफ्ट) भारतको मिजोरममा दुर्घटनामा परेको छ । दुर्घटनाको बेलामा विमानमा १४ जना सवार थिए । विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको थियो ।

चालक दलका सदस्यसहित १४ जना सवार उक्त जहाज मंगलवार मिजोरमको लेंगपुईमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । उनीहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको मिजोरम प्रहरीले जनाएको छ । छिल्लो म्यानमारमा विद्रोही र त्यहाँको सेनाबिच झडप चलिरहेको छ । सेनामाथि विद्रोही भारी हुन थालेपछि सयौँ सेना भागेर भारतीय सीमामा रहेको मिजोरमको ल्वांग्ताई जिल्लामा आएका थिए । दुई दिन अघि २७६ जना सेना ल्वांग्ताई जिल्लामा आइपुगेको समाचारमा उल्लेख छ ।

सेनाको शिविरलाई विद्रोही समूह अराकन आर्मीको लडाकुहरूले कब्जा गरेका थिए । सोमबार १८४ जनालाई म्यानमार फिर्ता लगिएको थियो । बाँकी ९२ जनालाई मंगलबार लगिँदै थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्