निधन भएको भनिएकी पुनम पाण्डे जीवितै



काठमाडौँ । शुक्रवार निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताएकी छिन् । आज एक भिडिओ सन्देश पोस्ट गर्दै उनले माफी समेत मागेकी हुन । शुक्रवार बिहान उनको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएको थियो ।

पुनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पुनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनीयता कायम गर्न अनुरोध गर्दछौँ र उहाँहरूले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौँ ।’

पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको समाचार बाहिरीएको थियो । तर शनिवार उनले पुनमले दुई वटा भिडिओ पोस्ट गर्दै आफू नमरेको बताएकी छन् । उनले सर्भिकल क्यान्सर (पाठेघर क्यान्सर) बारे जनचेतना जगाउन आफू मरेको नाटक गरेको समेत प्रस्ट पारेकी छिन् । उनको मृत्युको खबर हिजै पनि शङ्काको घेरामा थियो ।

प्रतिक्रिया दिनुहोस्