आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसद्मा पेस



डा. प्रकाशशरण महत

काठमाडौँ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसद्मा पेस गरेको छ । सोमवारबाट सुरु भएको सङ्घीय संसद्को तेस्रो अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेश प्रतिनिधिसभा बैठकमा पेस गरेका हुन ।

नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त गर्ने उद्देश्यले सो अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस  गरिएको महतले स्पष्ट पारे ।

मन्त्री महतले भने, ‘आर्थिक विधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा रहेको त्यस्ता समयावधि संशोधन आवश्यक भएको र सङ्घीय संसद्को अधिवेशन नभएकाले नेपालको संविधानको धारा ११४ को संवैधानिक व्यवस्था बमोजिम यो अध्यादेश जारी गर्नु परेकाले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ९४ बमोजिम प्रतिनिधिसभा समक्ष प्रस्तुत गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्