देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा माग 



काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउनुपर्ने बताएका छन् ।

आज बुधवार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले जनताले खाइनखाइ आफ्नो श्रम र पसिनाबाट आर्जित गरेको पैसा सहकारीमा बचत गरेको तर, त्यस्ता लाखौँ लाखौँ जनताको पैसा दुरुपयोग भइराखेको बताउँदै छानबिनको माग  राखेका हुन् ।

उनले भने, ‘बचत गरेको पैसा न जनताले फिर्ता पाएको छन् न सम्बन्धित मान्छेहरूले कारबाही भेगेका छन् । म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु – देशैभरका सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्