अहिलेको व्यवस्थाले देश उँभो लाग्न नसक्ने भन्दै नयाँ सम्झौता गर्ने लिङ्देनको प्रस्ताव 



राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रले देश उँभो लाग्न नसक्ने भन्दै नयाँ व्यवस्थाका लागि सबै दलबीच सम्झौता गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा अध्यक्ष लिङ्देनले देश सदैव यही अवस्थामा टक्क अडिएर बस्न नसकने र सरकारले गरेका गलत कामहरू प्रतिपक्षी दलले टुलुटुलु हेरेर बस्न पनि नसक्ने बताए ।

उनले भने,  ‘देश यही व्यवस्थामा अडिइरहन सक्दैन। यस्तै अवस्थामा रोकिन सक्दैन  । विकास निर्माणका काम ठप्प छन्। त्यही भएर देशलाई नयाँ सम्झौता गरेर अगाडि लैजानुपर्छ।’

उनले अब देशमा नयाँ सम्झौताको आवश्यकता भइसकेको बताएका छन्। ‘हामीले पछाडि फर्किनुपर्छ भनेको होइन । तर, अब देशलाई नयाँ सम्झौता जरुरी भइसकेको छ। जसले देशलाई नवीन रूपमा अघि बढाउने छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्