माधव नेपालले अब चुनाव जित्दैँनन्  : ओली



 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अबको चुनाव जित्नु नहुने बताएका छन् । बिहीबार नेकपा एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले सत्ता गठबन्धनले लात हानेपछि चुनाव पनि नजित्ने बताएका हुन् ।

उनले भने, ‘त्यति वेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ । अब अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’आफूले माधव नेपाललाई प्रधानमन्त्री समेत बनाए पनि उनले दुई दिहाईको पार्टी फोड्नुका साथै सरकार ढालेको अध्यक्ष ओलीको भनाइ छ ।

‘पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएका । अहिले त काठमाडौँतीरै छन् । गठबन्धन भत्कन दिन्नँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन् । ‘हामीले उनलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनायौँ सवै चिज गर्‍यौ । तर दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र काँग्रेसको पाउमा लगेर सरकार बुझाउने माधव नेपाल यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् ।’, अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्