माओवादीमा पार्टीलाई १० प्रतिशत पनि समय नदिनेलाई कारबाही



काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रूपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने घोषणा गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले १० प्रतिशत पनि नखट्ने नेताहरूलाई कारबाही गर्ने घोषणा गरेका हुन् । उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरूलाई भोलि या फर्सीसम्ममा रिपोर्ट दिन पनि निर्देशन दिएका छन् । रिपोर्टका आधारमा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अधि बढिने बताए ।

प्रतिक्रिया दिनुहोस्