सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन  आफू लागिरहेको बताएका छन् ।  मङ्गलवार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णिम वाग्लेसहितको टोलीको सुझाव पत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुङ्गाउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो।’

प्रतिक्रिया दिनुहोस्