चेल्सीको पुनरागमन जित



काठमाडौँ । मिडफिल्डर कनर ग्यालाघरले २ गोल गर्दा चेल्सीले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसको मैदानमा जित दर्ता गरेको छ । सेलहर्स्ट पार्कमा चेल्सीले पहिलो हाफमा १-० ले पछि परेको स्थितिबाट ३-१ को जित दर्ता गरेको हो । जेफर्सन लर्माले ३० औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चेल्सीले ३ गोल थप्दै जित पक्का गर्‍यो ।

पूर्व क्लब प्यालेसविरुद्ध ग्यालाघरले ४७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । इन्ज्युरी समयको पहिलो मिनेटमा ग्यालाघरले चेल्सीलाई अग्रता दिलाए । त्यसको ३ मिनेटपछि चेल्सीले अर्को गोल थप्दै जित पक्का गर्‍यो ।

चेल्सी यस जितसँगै २४ खेलमा ३४ अङ्कका साथ दसौँ स्थानमा छ । प्यालेस भने २४ खेलमा २४ अङ्क जोड्दै १५ औंमा छ । टोली रेलिगेसन क्षेत्रबाट ५ अङ्क माथि छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्