आज प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदै



 प्रणय दिवस

काठमाडौँ । आज १४ फेब्रुअरी, प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदै छ । प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ ।

विशेष गरी यस दिवसमा गुलाबको फूल उपहार दिएर प्रेम आदान प्रदान गरिन्छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्