काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ । आज नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। बैठक केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे बस्ने लागेको हो ।बैठकमा महासमिति बैठकका एजेन्डाबारे छलफल हुनेछ। काँग्रेस नेता मीनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्।

बैठकको लागि तयार पारिने स्वागत गेटमा पार्टीका संस्थापक नेता बिपी कोइराला र सभापति शेरबहादुर देउवाको तस्बिर राख्ने पनि जनाएको छ। महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली काँग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्