भत्कियो सत्ता गठबन्धन, फेरी माओवादी र एमाले सहितको मन्त्रिपरिषद् पुनर्गठन



काठमाडौँ। अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदै छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् ।

आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली काँग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एक पटक प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति देउवासँग आज कुरा गर्दै छन् ।

पुरानै गठबन्धन फर्काउने सहमति राति जुटिछे बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ ।

प्रतिक्रिया दिनुहोस्