एमालेबाट पदम गिरी मन्त्री बन्ने



पदम गिरी

काठमाडौँ । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्य मन्त्री बनेका थिए ।

सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ । यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।  सत्ता गठबन्धन भत्किएपछि नयाँ रणनीति तय गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्