सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौँ । नेपाली बजारमा मङ्गलवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मङ्गलवार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्चमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्