बिहेपछि दीपिकाले मेटाइन् पूर्वप्रेमीको नाममा खोपाएको ट्याटु



एजेन्सी : बलिउडमा अहिले हेडलाइनमा छाइरहेको जोडी हो, अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह ।

दीपवीरको नामले चर्चित यो जोडीले ६ वर्ष लामो प्रेम सम्बन्धपछि यही नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह सम्पन्न गरेका छन् । विवाहपश्चात रणवीर र दीपिकाले सार्वजनिक गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

विवाह गरेर भारत फर्किएको दीपवीरको जोडी आज अर्थात मंगलबार बिहान दीपिकाको माइतप् घर बेंग्लोरका लागि हिँडेको थियो । आज एयरपोर्टमा मिडियाको क्यामेरामा नव दम्पत्तीका सुन्दर तस्बिरहरु कैद भए । 

आज लिइएका तस्बिरहरुमा दीपिकाले यसअघि उनको गर्दनमा पूर्वप्रेमी रणबिर कपूरको नामकोे ट्याटू भने मेटिएको देखिएको छ । 

दीपिकाले रणवीर सिहंका साथ विवाह गर्नुअघि पूर्वप्रेमी राणबिर कपूरको ट्याटू सधैँका लागि मेटाएकी हुन् वा मेकअपको सहारामा छोपेकी हुन् भन्ने कुराको कुनै आधिकारिक जानकारी भने आइसकेको छैन । 

तर रणवीर सिहंका साथ विवाह गरेकी दीपिकाको गर्दनमा खोपिएको पूर्वप्रेमी रणबिर कपूरको नामको ट्याटु हटाएको थाहा पाउदा दीपवीरका फ्यानहरु भने निकै खुसी भएका छन् । 

दीपिका र रणवीर बेंग्लोरमा रिसेप्सनको लागि गएका हुन् । बेंग्लोरको रिसेप्सनपश्चात यो जोडीले मुम्बईमा समेत भव्य पार्टीको आयोजना गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्