नेपाल आज भारतसँग भिड्दै



काठमाडौँ । अण्डर सिक्सटिन महिला साफ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्ने छ । फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुनेछ ।

फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ । बङ्गलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ । ३ अङ्क भएको भारत दोस्रो स्थानमा र समान अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

दुवै खेल हारेको भुटान भने अङ्कविहीन हुँदै बाहिरिइसकेको छ । फाइनल खेल आगामी आइतबार हुनेछ । प्रतियोगितामा नेपाल, भुटान, भारत र बङ्गलादेश सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्