नेपाली पुरुष टोली हङकङ प्रस्थान



काठमाडौँ । आउँदो जुन महिनामा हुने टी–२० विश्वकपको तयारीअन्तर्गत त्रिदेशीय टी–२० शृङ्खला खेल्न नेपाली पुरुष टोली हङकङ प्रस्थान गरेको छ । नेपाली टोली गए राति ११ बजे हङकङ गएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

खेलाडीलाई बिदाइ गर्न क्यान र राखेपका प्रतिनिधि विमानस्थल पुगेका थिए । नेपालले हङकङमा घरेलु टोली र पपुवा न्युगिनीसँग त्रिदेशीय टी–२०अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । नेपालले भोलि हङकङसँग अभ्यास खेल खेल्नेछ । पर्सिदेखि शृङ्खला सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्