भारतीय अभिनेता गोविन्दा रौतहटको मौलापुरमा



काठमाडौँ । रौतहटको मौलापुरमा आज शुक्रवारदेखि मधानी महोत्सव सुरु भएको छ । महोत्सवको पहिलो दिन भारतीय अभिनेता गोविन्दाले कार्यक्रममा प्रस्तुत गरेका हुन् । अन्य विभिन्न कलाकारहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

मौलापुर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा सहभागी हुन भारतीय चलचित्रका सुपरस्टार अभिनेता गोविन्दा रौतहट आएका हुन । उनको प्रस्तुति हेर्न हजारौँको सङ्ख्यामा रौतहट लगायतका जिल्लाहरूबाट दर्शक मौलापुरमा आएका छन् ।

कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रौतहट आउन पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले नेपाल र नेपाली दर्शकहरूको माया आफूले सदैव पाएको बताए ।

मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । पतौरामा जग्गा उत्खनन गर्दा ११ औँ शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातत्वविदलाई स्थलगत अध्ययन गराएर यो स्थानमा मधानी महायज्ञको सुरुवात गरिएको थियो । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्त्व विभागको यहाँ उत्खनन गरेको थियो । मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ

प्रतिक्रिया दिनुहोस्