नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द



त्रिकोणात्मक टी-२० आई सिरिज

काठमाडौँ ।  त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।

खेल रद्ध भएपछि दुवै टिमले १/१अंक बाँडेका छन् । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।  गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो ।

यसअघि फ्रेन्डसिप कपको एक मात्रै खेलमा शनिवार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्